टस जितेकाे नेदरल्यान्डले ब्याटिङ गर्ने, दोस्रो जितको खोजीमा नेपाल


काठमाडौँ – नेपालले आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजमा बुधबार नेदरल्याण्डसविरुद्ध खेल्दै छ । स्कटल्याण्डको डुनडीमा हुने यो खेलमा नेदरल्याण्डसले टस जितेर पहिला ब्याटिंङ गर्ने निर्णय गरेको छ । नेपालले बलिङ गर्ने भएको छ ।

यस सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गर्दै विजयी सुरुवात गरेको छ । नेपाल र नेदरल्याण्डसले अहिलेसम्म पाँच एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले दुई र नेदरल्याण्डसले तीन खेल जितेको छ ।

स्कटल्याण्ड, नेपाल र नेदरल्याण्डसबीचको सिरिज जुन १० सम्म हुने छ । लिग २ सिरिजपछि नेपालले ती देशहरूसँग टी २० सिरिज खेल्नेछ । सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी छन् ।