काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । काभ्रेस्थित सरकारी जग्गा पतञ्जली योगपीठलाई बिक्रीवितरण गर्दा नीतिगत निर्णय गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा म्ुद्दा दायर गरेको हो ।
२०६८ सालमा प्रधानमन्त्री भएका बेला नेपालले काभ्रेको नगरकोटस्थित तीन सयभन्दा बढी सरकारी जग्गा पतञ्जली योगपीठलाई दिने निर्णय गरेका थिए । तत्कालीन भूमिव्यवस्था मन्त्री डम्बर श्रेष्ठले ‘प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा’ भनी निर्णय सदरको फाइल उठाएका थिए । सोही निर्णयलाई आधार मान्दै अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध बयान लिएको थियो । पतञ्जलीले सरकारबाट खरिद गरी पछि फाइदा खाएर बेचेको थियो । सरकारी जग्गा व्यक्तिको संस्थाको नाममा दिँदा पछि बिक्री गर्नुपरे सरकारलाई दिनुपर्ने कानुनी व्यवस्था छ । तर पतञ्जलीले त्यसको उल्लंघन गरेको छ ।
प्रतिक्रिया