माधव नेपालको सांसद पद निलम्बित


काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएसँगैै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । काभ्रेको नगरकोटस्थित पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नेपालसहित पूर्वसचिव प्रेमकुमार राई, छविराज पन्तलगायत ९३ जनाविरुद्ध १८ करोड ५९ लाख बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको हो । पूर्वप्रधानमन्त्रीविरुद्ध पहिलोपटक भ्रष्टाचार मुद्दा दायर भएको हो । केही दिनअघि मात्रै अख्तियारले कांग्रेस सांसद मोहनबहादुर बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गर्दा उनी पनि सांसद पदबाट निलम्बित भएका थिए ।