ट्रम्पलाई राष्ट्रपतिमा जिताएका मस्क ठूलो क्षति बेहोर्दै, सुरु भो झगडा


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबिच खटपट सुरु भइसकेको छ । ट्रम्पलाई जिताउन अर्बौ डलर खर्च गरेका मस्क अहिले ह्वाइट हाउससँग दूरी बढाउँदैछन् । दुवैबीच पटकपटक झगडा भइसकेको छ । मस्क र ट्रम्पबीच झगडा भएपछि टेस्ला कम्पनीको सेयरमा तीव्र गिरावट देखिएको छ ।

बिहीबार मस्कको कम्पनीको शेयर १४ प्रतिशतले घट्दा कम्पनीको मूल्य लगभग १५० अर्ब डलरले कमी आएको छ । विज्ञहरूका अनुसार यो टेस्लाका लागि पछिल्ला केही महिनामा सबैभन्दा खराब दिन थियो । यसले ट्रम्प सरकारसँगको मस्कको द्वन्द्व बढ्दै गएका उनले ठूलो क्षति बेहोर्नुपर्ने संकेत गरेको छ ।

आफैंले राष्ट्रपतिमा जिताएका मस्क ट्रम्प प्रशासनसँग भिडिरहेका छन् । मस्कसँग विवाद बढ्दै जाँदा ट्रम्पले स्पेसएक्स जस्ता मस्कका कम्पनीहरूलाई दिइएको सरकारी ठेक्का समाप्त गर्ने धम्की दिएका छन् । जवाफमा मस्कले ‘तिमीलाई जे मन लाग्छ गर, मलाई वास्ता छैन’ भनेका छन् । ट्रम्प र मस्कबिचको मतभेद यसरी पहिलोपटक सामाजिक सञ्जालमा बाहिर आएको छ ।