काठमाडौं । प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । तर, २ बजिसक्दासमेत बैठक सञ्चालन हुन सकेको छैन ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति र प्रधानमन्त्रीले संसदमा प्रतिबद्धता जनाउनुपर्ने मागसहित प्रतिपक्षी दलले दुई सातादेखि संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।
सदन खुलाउने विषयमा छलफल गर्न संसद् भवन नयाँ बानेश्वरमा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक जारी छ । प्रचण्डको अध्यक्षतामा विपक्षी माओवादी, रास्वपा, एकीकृत समाजवादी, नेसपा, आजपालगायतको बैठक बस्न बसिरहेको हो । तर अहिलेसम्म सदन खुलाउने कि नखुलाउने भन्ने निर्णयमा दलहरू पुग्न सकेका छैनन् ।
प्रतिक्रिया