काठमाडौं । पछिल्लो केही समययता नेपालमा विदेशी पर्यटकको ओइरो लागेको छ । जनवरीदेखि पर्यटक सिजन भएकाले पनि नेपाल भ्रमणमा विदेशीको रुचि बढेको हो । पछिल्लो एक महिनामा झन्डै दुई लाख पर्यटक नेपाल आएका छन् । मे महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल आएका हुन् ।
अध्यागमन विभागको तथ्यांकअनुसार मेमा नेपालमा एक लाख ९४ हजार ७५१ जना विदेशी पर्यटक भित्रिएका छन् । यो एक महिनामा नेपाल आउने पर्यटकको हालसम्मकै उच्च संख्या भएको तथ्यांकले देखाएको छ । यसअघि अप्रिलमा एक लाख १६ हजार ४९० विदेशी पर्यटक आएका थिए ।
मेमा आउने ७८ हजारभन्दा धेरै बढेका छन् । पछिल्लो तथ्यांकअनुसार नेपालको पर्यटनमा मे महिनाको तथ्यांकले विदेशी पर्यटक आगमनमा नयाँ रेकर्ड कायम गरेको छ । मे महिनामा एक लाख २८ हजार ९२६ पुरुष र ६५ हजार ७७१ महिला पर्यटक नेपाल आएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार सन् २०२५ मा नेपाल आएका पर्यटकमध्ये मार्चमा एक लाख २१ हजार ६८७, फेब्रुअरीमा ९६ हजार ८८० र जनावरीमा ७९ हजार ९९१ जना रहेका छन् ।
प्रतिक्रिया