काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले समाचार लेखेकै भरमा पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साहले प्रेस काउन्सिलको क्षेत्राधिकारभित्र पर्ने यस्ता विषयलाई अदालतमा लैजानु सरासर गलत र कानूनी शासनको उपहास भएको टिप्पणी गरेका छन् । पाठकविरुद्ध आज अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
प्रतिक्रिया