प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित्, अर्को बैठक भोलि ३ बजे बोलाइयो


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको छ । आजको लागि बोलाइएको बैठक झण्डै तीन घण्टा ढिलो सुरु भएको बैठक सुरु हुनासाथ विपक्षीहरुले विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले संसद सुचारु गर्न सहयोग गर्न बारम्बार अनुरोध गरेका थिए । तर, विपक्षी सांसदहरुले उठेर निरन्तर अवरोध जारी राखेपछि बैठकमा केहीबर होहल्ला मच्चिएको थियो । सभामुख घिमिरेले अर्को बैठक भोलि (बिहीबार) दिउँसो ३ बजे बस्नेगरि आजको बैठक स्थगित् भएको सूचना पढेर सुनाएका हुन् ।