काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य चार हजार दुई सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९७ हजार एक सय रुपैयाँ पुगेको छ।
बिहीबार सुनको मूल्य तोलामा १६ सयले बढेर प्रतितोला एक लाख ९२ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो। यो साता बुधबार पनि सुनको मूल्य प्रतितोला १३ सय रूपैयाँले बढेको थियो। तीन दिनमै सुनको मूल्य तोलामा सात हजार एक सय रुपैयाँले बढेको हो।
चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला १५ रूपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया