कांग्रेस केन्द्रीय समिति बैठक एक दिन पछि सर्‌याे


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । यसअघि असार १५ गतेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै कांग्रेसले एक दिन पछि सारेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै अब असार १६ गते सोमबार केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिएका छन् । ‘विशेष कारणवश उक्त बैठक २०८२ असार १६ गते सोमबारका दिन दिनको १ः०० बजे बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ उनले भनेका छन् ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, एमालेसँगको सहकार्य र सरकारको समीक्षा, पार्टीको १५औँ महाधिवेशनलगायतको विषयमा छलफल हुने बताइएको छ । बैठकमा एमाले सरकारबारे समीक्षा हुने नेताहरुले बताएका छन् ।