माननिय तोशिमा कार्कीद्वारा अमेरिकाको टेक्ससमा ‘मेरो बिदा, मेरो देशका लागि’ अभियानको शुभारम्भ


टेक्सस, अमेरिका — प्रतिनिधिसभा सदस्य डा. तोशिमा कार्कीले अमेरिकाको टेक्सस राज्यमा पुगेर ‘मेरो बिदा, मेरो देशका लागि’ नामक अभियानको औपचारिक शुभारम्भ गर्नुभएको छ।

स्वदेशमा स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा सकरात्मक परिवर्तन ल्याउने उद्देश्यसहित सञ्चालित यस अभियानले विदेशमा रहेका नेपालीहरुलाई आफ्नो बिदा उपयोगी बनाउँदै मातृभूमिप्रति योगदान दिने अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमका क्रममा माननिय कार्कीले प्रवासमा रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्दै, उनीहरूको सुझाव तथा सहयोगलाई समेटेर अभियानलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।

उक्त अभियानप्रति टेक्ससस्थित नेपाली समुदायले पनि उत्साहजनक समर्थन जनाएका छन्।