काठमाडौँ । सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव एवं पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहेका शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू सदस्य रहने एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई बताए।
समितिलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ।
प्रतिक्रिया