गृहमन्त्री बोलिरहे, रास्वपा र राप्रपाका सांसदह सुनिरहे


काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न आफ्नै प्रस्तावमा सरकारले छानबिन समिति गठन गरेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै समितिले सदनमा उठेको सबैको भावनालाई समेटेको दाबी गरे।

सोमबार सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो। अख्तियारले छानबिन गरिरहेको अनुसन्धानमा सरकारले कुनै असर नगर्ने सहमतिअनुसार नै समिति गठन भएको जानकारी दिए । ‘समस्या छ सबैलाई थाहा छ। यो व्यक्तिगत विषयको कुरा होइन। यो समस्यालाई हामी सबै मिलेर दीर्घकालीन रूपमा निराकरण गर्ने हो। त्यसका लागि उठेका सबै विषयलाई समेटेर कार्यादेश र समिति बनेको छ,’ उनले भने ।

लेखकले समितिले अध्यागमनमा देखिएका सबै समस्या समाधान हुनसक्नेगरी सुझाव प्रतिवेदन पेस गर्ने बताए। गृहमन्त्री लेखकले बोल्ने बेला रास्वपा र राप्रपाका सांसद मौन बसेका थिए । गृहमन्त्रीले बोल्ने बेला उनीहरू उभिएका थिए । तर नाराबाजी भने गरेनन् । रास्वपाले छानबिन समिति नमान्ने बताएको छ ।

माओवादीले भने आफ्नो पहलमा छानबिन समिति बनेको भन्दै स्वागत गरेको छ । माओवादी र सरकारबीच एक महिनाभित्र छानबिन समिति बन्ने दुई बुँदे सहमति भएको थियो ।