काठमाडौं । गत वैशाखमा भारत र पाकिस्तानबीच युद्ध सुरु भयो । भारत प्रशासित जम्मु कश्मीरको पहलगाममा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि भारतले पाकिस्तानमाथि ‘अपरेसन सिन्दूर’ चलाएको थियो ।
भारतले पाकिस्तानका विभिन्न क्षेत्रमा घुसेर मिसाइल आक्रमण गरी आतंकवादी समूहको अखडा ध्वस्त भएको थियो । लगत्तै पाकिस्तानले पनि जम्मु कश्मीर र अन्य सहरमा मिसाइल आक्रमण गरेको थियो । भारत र पाकिस्तानबीच चार दिनसम्म तनाव कम नभएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत दुवै देश युद्धविराम गर्न सहमत भएको सार्वजनिक गरे । यस विषयमा भारत र पाकिस्तान दुवै अलमलमा परे । ट्रम्पले युद्धविराम भएको भनेपछि भारत र पाकिस्तानले एकअर्कामाथिको आक्रमण बन्द गरे ।
ठीक त्यही शैली अहिले ट्रम्पले इरान र इजरायलसँग पनि अपनाएका छन् । ट्रम्पकै कारण इरान र इजरायल १२ दिनदेखिको युद्ध रोक्न सहमत भएका छन् । ट्रम्पले युद्धविराम गर्न तयार भएको भनेर सार्वजनिक गरेपछि इरानले तत्कालै प्रतिक्रिया दिँदै अस्वीकार गरे पनि पछि ट्रम्पकै बिन्तीअनुसार इजरायलसँग युद्धविराम गरिएको औपचारिक भनाइ सार्वजनिक गरिसकेको छ । इजरायलले पनि इरानले युद्ध रोके आफू युद्धविराम रोक्न तयार भएको बताइसकेको छ ।
शान्ति निर्माता हुने वाचा गर्दै गत जनवरी २० मा ह्वाइट हाउस प्रवेश गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प त्यसको १५२औँ दिनमा आफैं इरानमाथि आक्रमण गर्ने निर्णयमा पुगेका थिए यसले अमेरिकी जनताको मात्र हैन, विश्ववकै चासो र चिन्ता बढायो । कतै यो आक्रमण तेस्रो विश्वयुद्ध सल्काउने आगोको फिलिंगो त हुने हैन ? भन्ने चासो बढाएका बेला ट्रम्पले सक्रियता लिँदै पश्चिम एसियाको तनाव कम गरेका छन् ।
प्रतिक्रिया