काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय आलोकनगरमा केही समयअघि बैठक सुरु भएको हो ।
अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दा लागेपछि एकीकृत समाजवादीको पहिलो सचिवालय बैठक बसेको हो । पतञ्जली जग्गा प्रकरणमा नेपालसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । नेपालले बयानसमेत दिइसकेका छन् । थुनछेक बहसपछि अदालतले उनलाई ३५ लाख धरौटीमा छाडेको हो ।
अदालतले धरौटीमा छाडेलगत्तै नेपालले सचिवालय बैठक बोलाएका हुन् । बैठकमा अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायत सहभागी छन् ।
आजको बैठकमा अख्तियारले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालमाथि मन्त्रिपरिषदको नीतिगत निर्णयमा चलाएको भ्रष्टाचार मुद्दाबारे ब्रिफिङ गर्ने एजेन्डा छ ।
प्रतिक्रिया