काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शीतल निवासमा धान रोपाइँ गरेका छन् । असार १५ अर्थात् धान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको हो ।
राष्ट्रपति कार्यालयले आयोजना गरेको रोपाइँ कार्यक्रममा प्रथम महिला सबिता पौडेल पनि सहभागी भएका थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यावसायिक बनाउनुपर्ने बताए ।
कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको बताए । उनले कृषि पेशामा निर्भर भई कृषिलाई रोजगारीको आधार स्तम्भको रूपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने बताए । रोपाइँपछि दही चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।
प्रतिक्रिया