काठमाडौं – सरकारले सम्झौता गरेको अवधिमा विद्यालय शिक्षा विधेयक नल्याएपछि शिक्षकहरू आक्रोशित भएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा द्यिालय शिक्षा विधेयकको कार्यसूची नराखिएपछि शिक्षकहरू आन्दोलित बनेका छन् ।
शिक्षा विधेयक आजकै संसदमा टेबल गर्नुपर्ने मागसहित शिक्षक बिहानै सिंहदरबार पुगेका छन् । सरकारले यसअघि असार १५ भित्र उक्त विधेयक संसद्बाट पारित गरिने प्रतिबद्धता जनाएको थियो । आफूहरू सिंहदरबार पुगेको नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।
‘सरकारले आज शिक्षा ऐन प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्धता दिएको थियो । सोहीअनुसार साढे ७ बजे शिक्षा समितिको बैठक बस्ने ठाउँसम्म पुगेका थियौँ । बैठक ८ बजेदेखि थियो । हामी सवा १० मा निस्कियौँ । एकछिनपछि फेरि जान्छौँ,’ उनले भनिन् ।
गत वैशाख १७ गते सरकार र शिक्षकबीच असार १५ भित्र ऐन जारी गर्ने सहमति भएको थियो । पराजुलीका अनुसार केही विषयमा अझै छलफल नटुंगिएकाले आजै विधेयक प्रतिनिधिसभाबाट पारित हुने सम्भावना न्यून छ । तर, प्रतिनिधिसभामा टेबल गर्नेपर्ने शिक्षकको माग छ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय निजामती विधेयक पारित गर्ने कार्यसूची राखिएको छ ।
प्रतिक्रिया