काठमाडौँ । दक्षिणी जापानको द्वीप समूहमा पछिल्लो दुई साताको अवधिमा नौ सयपटक भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ । यतिधेरै पटक भूकम्पका कारण यस क्षेत्रका नागरिकहरु चिन्ताले रातभर जाग्राम बस्ने गरेको बताइएको छ ।
बुधबार आएको ५.५ रेक्टर स्केलको भूकम्पपछि स्थानीय अधिकारीहरुले गत २१ जनुदेखि टोकारा द्वीपको समुद्रमा भूकम्पीय गतिविधि निकै सक्रिय रहेको बताएका छन् । अधिकारीहरुका अनुसार अहिलेसम्म कुनै क्षतिको सूचना नआए आवश्यक परेका बेला तयार रहन स्थानीयलाई सचेत गराइएको छ ।‘राति सुत्न निकै डरलाग्दो भएको छ । यस्तो लाग्छ, घर सधैं हल्लिरहेको छ,’ एक स्थानीयको भनाइ उद्धृत गर्दै एमबीसीसँग भनेका छन् ।
अझ केही एस्ट्रोजरले जापानमा प्रलय आउने भविष्यवाणी गरेपछि धेरैको सातो उडेको छ । जापान विश्वभरमा सबैभन्दा धेरे भूकम्प जाने देशमध्ये एक हो ।
प्रतिक्रिया