बहराइन — नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले बहराइनमा निर्माणाधीन ४०० केभी ब्याकबोन इलेक्ट्रिकल भूमिगत केबलिङ परियोजनाको स्थलगत अवलोकन गरेका छन्।

विदेशी भूमिमा सञ्चालित उक्त महत्वाकांक्षी विद्युत् प्रसारण परियोजनामा नेपाली इञ्जिनियरहरूको उल्लेखनीय सहभागिता रहेको छ। परियोजनाको अवलोकनकै क्रममा घिसिङले त्यहाँ कार्यरत नेपाली इञ्जिनियरहरूसँग भेटघाट गर्दै योजनाको प्राविधिक पक्ष, निर्माण प्रगति र कार्यान्वयन प्रक्रियाबारे विस्तृत जानकारी लिएका थिए।
उनले अन्तर्राष्ट्रिय स्तरको परियोजनामा नेपाली जनशक्तिको सक्रिय योगदानलाई सराहना गर्दै भने, “यस्ता परियोजनामा नेपाली इञ्जिनियरहरूको संलग्नता देशको गौरवसँग जोडिएको विषय हो। विदेशमा पनि हामीले आफ्नो दक्षता प्रमाणित गरिरहेका छौं।”
बहराइनको ऊर्जा पूर्वाधार सुदृढ बनाउने लक्ष्यसहित अगाडि बढाइएको यो भूमिगत केबलिङ परियोजना उच्च भोल्टेज प्रसारण प्रणालीको एक महत्वपूर्ण अंग मानिन्छ। यस परियोजनाको सफल कार्यान्वयनमा नेपाली प्राविधिक जनशक्तिको अनुभव, सीप र मेहनतले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको देखिन्छ।
यसले विदेशमा काम गरिरहेका नेपाली प्राविधिकहरूका लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ।

प्रतिक्रिया