काठमाडौं । राज्यले रास्वपा सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेको भन्दै चर्चित कलाकारहरूले हस्ताक्षर गरेका छन् । शुक्रबार नागपोखरी गनतन्त्र स्मार्क पार्क अगाडि पुगेर कलाकारहरू अशोक शर्मा, रमेश उप्रेती, किरण केसी, रामचन्द्र अधिकारी, खेम सेन्चुरी, राजाराम पौडेल, खगेन्द्र लामिछाने, दिपेन्द्र खनाल लगायत कलाकारहरुले हस्ताक्षर गरेका हुन्।
चर्चित सञ्चारकर्मी प्रकाश सुवेदीले पनि हस्ताक्षर गरेका छन् । कलाकारहरूले हस्ताक्षर गने बेला रविपत्नी निकिता पौडेल पनि उपस्थित थिइन् । रास्वपाले रविलाई राजनीतिक प्रतिशोध साँधेर थुनामा राखेको भन्दै दबाब दिन देशभर हस्ताक्षर अभियान चलाइरहेको छ । यसअघि अभिनेता विपिन कार्कीले पनि घन्टीघर पुगेर हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया