अर्जुन तिरुवाको अभिनयमा “तिम्रो माया दिलमा राख्या छु” सार्वजनिक


काठमाडौँ। गायक भुवन प्रकाश बडू र गायिका दिपा रोकायाको युगल स्वर रहेको निकै मार्मिक गीत “तिम्रो माया दिलमा राख्या छु” सार्वजनिक भएको छ। यस गीतको म्युजिक भिडियोमा मोडल अर्जुन तिरुवा र निरुता सिंह ठकुरीको अभिनय रहेको छ। साथमा कर्म विश्वकर्माको पनि अभिनय रहेको छ। भिडियोमा प्रेमिल दृश्यहरु देखाइएका छन्।

गीतको शब्द रचना भानुभक्त जोशीले गरेका हुन् भने प्रेमभाव समेटिएको उक्त गीतमा गायक बडुको संगीत संयोजन छ। गीतमा जीवन बडुको संगीत व्यवस्थापन तथा मिक्स मास्टरिङ्ग रहेको छ।

प्रशान्त बोहोराले निर्देशन गरेको भिडियो छायांकन लक्ष्मन विश्वकर्माले गरेका हुन्। भिडियो सम्पादन सन्तोष सुनारले गरेका हुन् । गीतको भिडियो अर्जुन तिरुवा नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो: