बहराइनस्थित नेपाली दूतावासमा नेपालका पूर्व विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ र बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्लेबिच एक विशेष भेटवार्ता सम्पन्न भएको छ।

राजदूत वाग्लेको निमन्त्रणामा आयोजित उक्त भेटघाटमा बहराइनमा निर्माणाधीन ४०० केभी भूमिगत विद्युत प्रसारण लाइनजस्तो उच्च प्राविधिक परियोजनामा नेपाली इन्जिनियरहरूको सहभागिता र दक्षताको विषयमा विस्तृत छलफल भएको थियो।
राजदूत वाग्लेले घिसिङको नेतृत्वकालमा नेपालको ऊर्जाक्षेत्रमा आएको परिवर्तन र आत्मनिर्भरताको यात्रालाई स्मरण गर्दै बहराइनमा पनि त्यस्तै दक्ष जनशक्तिको भूमिका उल्लेखनीय रहेको बताए।

दुवै पक्षले प्रवासी नेपालीहरूको क्षमता, प्राविधिक योगदान र नेपाल–बहराइनबीचको सहकार्य विस्तार गर्न सकिने सम्भावनाबारे सकारात्मक छलफल गरेका छन l
#उज्यालोनेपाल
प्रतिक्रिया