सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दियो


काठमाडौं – मलेसियामा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कपको फाइनल खेलमा सिंगापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३५ ओभरको खेलमा सबै विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो। नेपाली बलरहरूको बलिङका कारण सिंगापुर ठूलो स्कोर बनाउन असफल रह्यो।

अब नेपालले ११४ रन बनाउँदै उपाधि जित्ने लक्ष्य लिएको छ। नेपालको तर्फबाट बलिङमा उत्कृष्ट प्रदर्शन देखिएको छ भने अब सबैको ध्यान नेपाली ब्याट्सम्यानको प्रदर्शनमा केन्द्रित छ।