शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेनन् : डा. चन्द्र भण्डारी


काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै “धेरै हँसिया बनाउनुभयो, तर घाँस काट्न सक्नुभएन” भन्ने कटाक्ष गर्नुभएको छ।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै नेता भण्डारीले सभापतिले धेरैलाई पद बाँडे पनि त्यसअनुसार काम हुन नसकेको बताउनुभयो। उहाँले पार्टी प्रशिक्षण, भातृ संगठनको मनोनयन, आगामी महाधिवेशन, जलस्रोत नीति, निजामती विधेयक लगायत विषयमा धारणा राख्दै नेतृत्वले समीक्षा र सुधारको बाटो रोज्नुपर्नेमा जोड दिनुभयो।