नेपालको समूहमा कुवेत र जापान, टी–२० विश्वकप खेल्ने सम्भावना कति ?


काठमाडौं – आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया र पूर्वी एसिया–प्रशान्त क्षेत्रीय संयुक्त छनोट प्रतियोगितामा नेपालको समूह ‘बी’ मा कुवेत र जापान परेका छन् ।

समूह ‘ए’मा युएई, मलेसिया र कतार तथा समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। १० दिनसम्म चल्ने प्रतियोगिता ८ देखि १० अक्टोबरसम्म हुनेछ।

नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो। प्रत्येक समूहमा तीन टिम छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’चरणमा पुग्नेछन्। सुपर सिक्सका खेल जुन १२ देखि १७ अक्टोबरसम्म खेलिनेछ। सुपर सिक्सको अन्त्यमा शीर्ष तीन टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि स्थान बनाउनेछन्।

सन् २०२४ को उप–क्षेत्रीय छनोट पार गरेका कुवेत, मलेसिया, युएई, कतार, जापान र सामोआले नेपाल, पपुवा न्युगिनी र आयोजक ओमानसँग प्रतिस्पर्धा गर्नेछन्।