काठमाडौं – नेपालले फेरि पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको छ। गत वर्ष पनि नेपालले आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर अवार्ड जितेको थियो।
सिंगापुरमा जारी वार्षिक सम्मेलनमा आईसीसीले नेपाल क्रिकेट संघलाई ग्लोबल अवार्ड्सअन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’अवार्ड प्रदान गरेको हो।
आईसीसी अध्यक्ष जय शाहले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्कालाई अवार्ड प्रदान गरेका हुन्। वार्षिक सम्मेलनमा सचिव खड्काले क्रिकेटको क्रेज भएको नेपालले चाँडै टेस्ट राष्ट्रको मान्यता पाउने अपेक्षा व्यक्त गरेका थिए ।
प्रतिक्रिया