काठमार्डौं – पूर्वमन्त्री रमेशनाथ पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्। शुक्रबार रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर पाण्डेले रविको पक्षमा हस्ताक्षर गरेका हुन्।
राजा ज्ञानेन्द्र शाहले शासनसत्ता कब्जा गरेका समय पाण्डे परराष्ट्रमन्त्री बनेक थिए । उनी पूर्वपत्रकार र कूटनीतिज्ञ पनि हुन् ।
पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने अहिले भैरहवा कारागारमा छन् । पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर लामिछानेले प्रहरी हिरासतबाटै असार ७ गते बीस पृष्ठको एक दस्ताबेज प्रस्तुत गरेका थिए।
अभियानमाबिहीबारसम्म साढे २७ लाखबढी हस्ताक्षर संकलन भएको दाबी रास्वपाले गरेको छ । त्यस्तै, ५५ लाख रुपैयाँ चन्दा संकलन भएको रास्वपाले जनाएको छ ।














प्रतिक्रिया