काठमाडौं – सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन भएपछि अहिले त्यस क्षेत्रमा सनसनी मच्चिएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का छेप्टाको एक परिवार कसैलाई पनि जानकारी नदिई सम्पर्कविहीन भएपछि अहिले गाउँले र प्रहरीका लागि टाउको दुखाईको विषय बनेको छ ।
सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले उर्मिला हायुको परिवार पालेका कुखुरा, बाख्रा, भैँसी अलपत्र छाडेर सम्पर्कविहीन बनेको जानकारी दिएका छन् । केही दिनअघि मात्रै सामाजिक सुरक्षा भत्ता बुझेकी उर्मिला हायुको परिवार घर छाडेर अन्यत्र गएको प्रहरीले आशंका गरेको छ ।
‘बाढी, पहिरो वा अन्य कुनै कारणले होइन । तर, घर छाडेर अन्यत्र गएकोजस्तो देखिन्छ । हामी खोजिरहेका छौँ,’ सुवेदीले भने । एकान्तमा घर भएकाले सूचना ढिलो आइपुगेको र गाउँलेले पनि कुनै सुइँको नै नपाएको बताइन्छ ।
प्रहरीले उर्मिलाको परिवारका १६ जनामध्ये एकजनाको नम्बर रामेछापमा लोकेट गरेको छ । १८ जनाको परिवारमा दुईजना भने काठमाडौंमा रहेको खुलेको छ ।














प्रतिक्रिया