रवि लामिछानेको पक्षमा सोझा जनताको हस्ताक्षर लिनु पनि ठगी हो : सांसद विश्वप्रकाश शर्मा


काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा सञ्चालित हस्ताक्षर अभियानप्रति कडा टिप्पणी गरेका छन्।

उनले सोझा जनताको नाममा हस्ताक्षर संकलन गर्नु पनि ठगीको रूप भएको बताएका छन्।

रास्वपाका सभापति रवि लामिछानेको समर्थनमा देशभर चलाइएको हस्ताक्षर अभियानबाट हालसम्म २७ लाख ५० हजार ६७७ हस्ताक्षर प्राप्त भएको रास्वपाका नेता प्रमोद न्यौपानेले जानकारी दिएका छन्। उनका अनुसार यो अभियान देशभर वडा तहदेखि विदेशसम्म फैलिएको छ।

पार्टीले लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध देखाएको आरोप लगाउँदै अभियान चलाएको हो।
अहिलेसम्म अभियानमार्फत ५५ लाख १३ हजार २०७ रुपैयाँ आर्थिक सहयोग पनि संकलन भएको जनाइएको छ।