काठमाडौं – फिल्म ‘बसन्त’ को प्रचारक्रममा अभिनेता प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्काबीच सम्बन्धमा दरार आएको थियो । यसअघि उनीहरूबीच बोलचाल नै नभएको र ‘हरिबहादुरको जुत्ता’ को पोस्टर फोटोसुटमा पनि दूरी देखिएको समाचार सार्वजनिक भएको थिए।
तर, हालै सार्वजनिक प्रोमोसन भिडियोमा दुवैको व्यवहार विपरित देखिएको छ। भिडियोको सुरुवातमा ‘नबोलेको’ विषयलाई उठाइए पनि केही क्षणमै प्रकाश र स्वस्तिमा मुस्कुराउँदै नयाँ गीत सार्वजनिक हुन लागेको जानकारी दिन्छन्। यसले उनीहरूबीच सम्बन्ध सहज भएको पुष्टि गरेको छ।
दीपेन्द्र के. खनालको निर्देशनमा बनेको ‘हरिबहादुरको जुत्ता’ मा प्रकाश–स्वस्तिमा रोमान्टिक जोडीका रूपमा देखिएका छन्। हरिवंश आचार्य, प्रियंका कार्कीलगायतका कलाकारहरूको समेत अभिनय रहेको यो फिल्म असोज १३ गते रिलिज हुँदैछ।
भिडियोमार्फत दुवै कलाकारले आफूहरूबीच ‘पानी बाराबार’ भएको भन्ने हल्लालाई रमाइलो शैलीमा जवाफ दिएका छन्। एक पात्रले आएर “पानी बाराबार भा’छ भन्या सुनेको थिएँ, अझै बाझिराहो ? मिल्नु हो, बेला बित्न लाइसक्यो । एक्सक्यूज मी । प्रकाश र स्वस्तिमा हाँस्दै एउटै गिलासबाट पानी पिएका छन्।
त्यसपछि स्वस्तिमा प्रकाशलाई “तपाईं भन्नुहोस्” भन्दै आग्रह गर्छिन् भने प्रकाशले फिल्मको पहिलो गीत यही भाद्र २ गते साँझ ४ बजे ओएसआर डिजिटलमार्फत रिलिज हुने जानकारी दिएका छन्। स्वस्तिमाले भने असोज १३ गते फिल्म हेरेर रमाइलो गर्न आग्रह गरेकी छन्।














प्रतिक्रिया