प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग आजै भेटवार्ता…(फोटो फिचर)


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका छन्।

शनिबार बिहान काठमाडौंबाट प्रस्थान गरेका प्रधानमन्त्री ओली दिउँसो चीनको थियानजिन शहरमा अवतरण गरे। थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीन सरकारका वरिष्ठ अधिकारीहरू, नेपालका लागि चीनका राजदूत चेन सोङ, र चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीले स्वागत गरेका थिए।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आजै भेटवार्ता हुने तय भएको छ।

प्रधानमन्त्री ओली २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन पुगेका हुन्। भ्रमण कार्यक्रमअनुसार, उनले भदौ १५ (सेप्टेम्बर १) मा थियानजिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् भने भदौ १७ (सेप्टेम्बर ३) मा बेइजिङमा हुने ८०औँ वार्षिकोत्सव स्मृति समारोहमा पनि सहभागी हुनेछन्।

सो अवसरमा उनले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय