काठमाडौं – ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ क्षतिग्रस्त बिपी राजमार्ग निरीक्षण गर्न पुगेका छन्।
बिहीबार बिहान बिपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा पुगेर उनले उपलब्ध स्रोतसाधनले काम सुरु गर्न स्थानीय तहलाई निर्देशन दिएका छन् । चौकीडाँडामा बिपी राजमार्गको नामोनिसान नै छैन । गत वर्ष असोजमा आएको बाढीले राजमार्ग बगाएको थियो । जहाँ पछि डाइभर्सन बनाएर गाडी चलाइएको थियो ।
रोशी खोलामा लेलिव्रिजको अर्डर भइसकेको र अरु काम पनि तुरुन्त हुने उनले आश्वासन दिए । स्थानीयले रोशी खोलाका कारण किसानलाई दूध र तरकारी बेच्न गाह्रो भएको गुनासो गरेका थिए । बिपी राजमार्ग सञ्चालनमा आउन अझै एक साता लाग्ने बताइएको छ ।














प्रतिक्रिया