काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ आइतबारदेखि स्वतन्त्र रहेनन् । २०७९ को स्थानीय तहमा स्वतन्त्र उम्मेदवार बनेर उनले मेयर जितेका थिए । त्यसयता उनी साढे तीन वर्षसम्म स्वतन्त्र रहे । आगामी फागुन २१ गते हुने चुनावका लागि उनले पार्टी खोलेका छन् । उनको श्रम संस्कृति पार्टीलाई आयोगले आइतबार मान्यता दिएको छ ।
आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण साङपाङ स्वयं उपस्थित भए । दलको प्रमाणपत्र लिँदा उनी खुसी देखिएका थिए । आजै उनी धरानबाट काठमाडौं आएका हुन् । अहिलेसम्म उनले दलका नेता कार्यकर्तालाई गाली गर्दै आएका थिए ।
अब भने उनी आफैं दलको अध्यक्ष बनेका छन् । अबदेखि उनले आफूलाई स्वतन्त्र भन्न पाउने छैनन् । हर्कले काठमाडौंका मेयर बालेन्द्र साह बालेन, कुलमान घिसिङसँग मिलेर एउटै पार्टी खोल्ने बताउँदै आएका थिए । तर अहिले उनको बालेन र कुलमान दुवैसँग सम्बन्ध बिग्रिएको छ ।














प्रतिक्रिया