काठमाडौं । सरकारले माग संख्याअनुसार राहदानी उपलब्ध नगराउने भएको छ । ठेक्का प्रक्रियामा भएको ढिलाइका कारण नयाँ नेपाली पासपोर्ट छपाइ फागुनदेखि मात्रै सुरु हुने भएकाले अभाव हुने भएको हो । राहदानी विभागले आइतबार सूचना जारी गर्दै दैनिक (सार्वजनिक बिदाको दिनबाहेक) एक हजार राहदानी उपलब्ध गराउने जनाएको छ ।
विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ देखि राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने सङ्क्रमणकालीन अवस्था ९ह्याण्डओभर र टेकओभर० तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च मागलगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जनाएको छ ।
उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको र अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीले मात्रै राहदानीका लागि आवेदन गर्न विभागले सबैलाई आग्रह गरेको छ । सूचनामा भनिएको छ, ‘नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने ज्बलमयखभच(त्बपभयखभच को अवस्थामा उत्पन्न हुने सङ्क्रमणकालीन अवस्था तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च माग लगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको छ । उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको छ ।
हाललाई अर्को व्यवस्था नभएसम्मका लागि मिति २०८२ कार्तिक १७ गते बाट साँझ ५।०० बजे दैनिक ९सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक० १,००० को संख्यामा ब्उउयष्लतmभलत क्यितक खोल्ने व्यवस्था मिलाइएको छ । तसर्थ, अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन गर्नु भै सहयोग गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।’ राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न, त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन विभागले अनुरोध गरेको छ।














प्रतिक्रिया