काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिव आदर्श श्रेष्ठविरुद्ध प्रकाशित समाचारको विषयमा ध्यानाकर्षण पत्र बुझाउन गाएका जेनजीको एक समूहले प्रधानमन्त्री भेट्न नपाएपछि आक्रोशित भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमै होहल्ला गरेका छन् । सुदन गुरुङ नेतृत्वको जेनजी समूह ध्यानाकर्षण पत्र बुझाउन प्रधानमन्त्री कार्यालय पुगे पनि प्रधानमन्त्रीले समय नदिएको उनीहरूको गुनासो छ ।
यस्तै, मिराज ढुंगाना नेतृत्वको जेनजी समूह सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर फर्किएको छ । सोमबार प्रधानमन्त्री कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा सिंहदरबार प्रवेश गर्न नपाएपछि उनीहरू मागपत्र गेटमा टाँसेर फर्किएका हुन् ।














प्रतिक्रिया