कांग्रेसले उम्मेदवार मापदण्ड कडा बनाउँदै, लेवी नबुझाउने र २०७९ मा समानुपातिक बनेकालाई उम्मेदवार नबनाइने


नेपाली कांग्रेसले माघ ११ को राष्ट्रियसभा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै उम्मेदवारका लागि कडा मापदण्ड देशभरका प्रदेश, जिल्ला र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ।

नयाँ निर्देशिका अनुसार—

लेवी नबुझाउने कुनै पनि व्यक्ति कुनै तहको उम्मेदवार बन्न अयोग्य हुनेछन्।

जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य सामाजिक अपराधमा दोषी ठहर भएका व्यक्तिलाई सिफारिस गर्न नपाइने।

२०७९ मा समानुपातिकतर्फबाट सांसद बनेका तथा बन्दसूचीमा नाम समावेश भएकाहरूलाई यसपटक उम्मेदवार नबनाइने।

२०७९ मा स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सिफारिस बन्द।

हरेक क्षेत्रबाट ३ जनाभन्दा बढी नाम सिफारिस गर्न नपाइने।

प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभा—तीनमध्ये एक पदका लागि मात्र सिफारिस गर्न पाइने।

कांग्रेसले आवश्यक कागजातसहित नागरिकता, मतदाता परिचयपत्र र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्थासमेत स्पष्ट पारेको छ।