काठमाडौँ । विश्वभरका मानवअधिकार केन्द्रित चलचित्रलाई एउटै छानामुनी ल्याउने उद्देश्यका साथ ‘१३औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ काठमाडौँमा सुरू हुँदैछ । ‘बाल अधिकार’ भन्ने नाराका साथ मङ्सिर २९ सम्म पाँच दिन चलचित्र विकास बोर्डको सभाहल र पर्यटन बोर्डको सभाहलमा महोत्सव संचालन हुने महोत्सव निर्देशक पाण्डव खत्रीले जानकारी दिए ।
उक्त महोत्सवमा २६ देशका ५० चलचित्रहरू प्रदर्शन हुँदैछन् । महोत्सवमा देखाइने चलचित्रले मानवअधिकारका विषयलाई सहज र सरल रूपमा दर्शकसम्म पुर्याउने विश्वास आयोजकको छ ।
महोत्सवमा निर्देशक, निर्माता, कलाकार तथा मानवअधिकारकर्मीहरूको उपस्थितिमा अन्तरक्रियात्मक समूहगत छलफल, फोटो प्रदर्शनी, ‘लाइभ पेन्टिङ’ लगायत विभिन्न कार्यक्रम हुने आयोजकले जनाएका छन् ।














प्रतिक्रिया