काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-२ क्षेत्रमा सात जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फको उम्मेदवार छनोटका लागि सिफारिसमा परेका सात मध्ये क्षेत्रीय सभापति कबिर शर्मा पनि छन् ।
सिफारिस सूचीमा संविधानसभा सदस्य दीपक कुइँकेल, कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम, क्षेत्रीय सभापति शर्मा, नेविसंघका पूर्व प्रवक्ता यूपी लामिछाने, मनिष कोइराला, शशांक श्री न्यौपाने र मनिष कोइराला रहेका छन् ।
काठमाडौं-२ मा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित प्रतिमा गौतम विघटित प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी थिइन् ।














प्रतिक्रिया