काठमाडौं – एमाले १९ पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको छ । बिहीबार दिउँसो सार्वजनिक मत परिणामअनुसार अध्यक्ष केपी ओली समूहले दुईबाहेक पदाधिकारी सबै जितेको छ ।
इतर पक्षबाट पदाधिकारी जित्नेमा गोकर्णराज विष्ट र उपमहासचिव योगेश भट्टराई मात्र भएका छन् । अरु सबै पराजित भए ।
एमाले पदाधिकारीको अन्तिम परिणामअनुसार अध्यक्षमा केपी ओलीले १६६३ मत पाए । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाए ।
पाँच उपाध्यक्षमा पृथ्वी सुव्वा गुरुङले १७३७, विष्णु पौडेलले १६७५, रामबहादुर थापा बादलले १५१६, गोकर्णराज विष्टले १३६८ र रघुजी पन्तले १२५८ मत पाएका छन् ।
महासचिवमा शंकर पोख्रेलले १२२८ र सुरेन्द्र पाण्डेले ९९९ ले मत पाएका छन् । उपमहासचिवमा लेखराज भट्टलृ १४५२, रघुवीर महासेठले १३६८ र योगेश भट्टराईले १३४८ मत पाएका छन् ।
नौ सचिवमा महेश बस्नेतले १५४४, पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्त ढकालले ११०८ मत ल्याएका छन् ।














प्रतिक्रिया