काठमाडौं – फिल्म ‘राम नाम सत्य’ को टिजर युट्युबमा सार्वजनिक भएको छ। एक्सन, सस्पेन्स, प्रेम र थ्रीलरले भरिएको यो फिल्मले दर्शकमा उत्सुकता जगाएको छ।
फिल्मको क्लाइमेक्स दृश्य छायांकन भइरहेकै बेला वरिष्ठ अभिनेता सुनिल थापा को निधन भएको थियो। त्यसैले फिल्मलाई उनको सम्मानमा समर्पित गरिएको देखिन्छ।
टिजरमा अभिनेता विराज भट्ट को नयाँ एक्सन अवतार देख्न सकिन्छ। माइकल चन्दको निर्देशनमा बनेको फिल्ममा भट्टलाई पुरै एक्सनमा प्रस्तुत गरिएको छ।
फिल्ममा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारको अभिनय रहेको छ।
माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमली ले लगानी गरेका छन्। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता, भने मोती कार्की क्रियटिभ निर्माता हुन्।
फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्युसर, मानकृष्ण महर्जन को छायांकन, श्री श्रेष्ठ को एक्सन कोरियोग्राफी, बन्दे प्रसाद को सम्पादन र काला चरण को पाश्र्वध्वनि रहेको छ। संगीतमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारी को योगदान छ। स्क्रिप्ट सल्लाहकारमा अभिमन्यू निरवी र समय थपलिया रहेका छन्।
फिल्ममा समावेश गीत ‘धागोले बाटेको’ पहिले नै सुपरहिट भइसकेको छ। फिल्म २७ चैत बाट प्रदर्शनमा आउने छ।













प्रतिक्रिया