हर्मुज जलमार्ग खुला, इजरायल र लेबनानबीच १० दिने युद्धविराम


इरानले शुक्रबार युद्धविराम अवधिभर व्यावसायिक जहाजहरूको आवतजावतका लागि हर्मुज जलडमरूमध्य खुला गर्ने घोषणा गरेको छ।

इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम गर्ने सहमति भएपछि उक्त निर्णय लिइएको हो। युद्धविराम सम्झौता कार्यान्वयनमा आएसँगै मध्यपूर्वमा तनाव केही कम हुने अपेक्षा गरिएको छ।

यसैबीच, संयुक्त राज्य अमेरिका ले उक्त युद्धविराम अवधि अझै लम्बिन सक्ने संकेत दिएको छ। कूटनीतिक पहल तीव्र बनिरहेका कारण अस्थायी सहमति दीर्घकालीन शान्तितर्फ जान सक्ने अनुमान गरिएको छ।