बालेन शैलीमा उदाए थालापति विजय: मुख्यमन्त्री बन्दै?


भारतको तमिलनाडु राजनीतिमा नयाँ तरंग ल्याउँदै अभिनेता थालापति विजय नेतृत्वको दल तमिलगा वेट्री कजगम (टीभीके) सरकार गठनको नजिक पुगेको छ। २३४ सिटमध्ये १०८ सिट जित्दै विजयको पार्टी सबैभन्दा ठूलो शक्ति बनेको छ, तर स्पष्ट बहुमतका लागि अझै ११८ सिट आवश्यक छ।

यसबीच केसी वेणुगोपाल ले भारतीय राष्ट्रिय कंग्रेस विजयलाई समर्थन गर्ने संकेत दिएका छन्। उनका अनुसार विजयले सरकार बनाउन कंग्रेससँग सहयोग मागेका छन्। कंग्रेसले धर्मनिरपेक्ष सरकारको पक्षमा जनादेश आएको भन्दै भाजपा र उसका सहयोगीलाई सत्ताबाट टाढा राख्न चाहेको स्पष्ट पारेको छ।

तमिलनाडु कंग्रेसले ५ सिट जितेको छ, जसले विजयलाई सरकार गठनमा निर्णायक सहयोग पुर्‍याउन सक्छ। कंग्रेस नेतृत्वले प्रदेश समितिलाई स्थानीय जनभावना अनुसार अन्तिम निर्णय लिन निर्देशन दिएको छ।

विजयले स्वर्गीय नेता के. कामराज बाट प्रेरणा लिएको बताएका छन्, जसले उनको राजनीतिक छविलाई अझ मजबुत बनाएको छ।

काठमाडौं महानगरका मेयर बालेन शाह जस्तै लोकप्रियता र वैकल्पिक नेतृत्वको शैलीमा उदाएका विजय अब तमिलनाडुको नयाँ मुख्यमन्त्री बन्ने दौडमा अगाडि देखिएका छन्।