उपसभापति पदमा उम्मेदवारी दिएकी सोबिता गौतम को प्रस्तावकमा प्रतिभा रावल


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत उपसभापति पदमा उम्मेदवारी दिएकी सोबिता गौतम को प्रस्तावकमा प्रतिभा रावल रहेकी छन्। महाधिवेशनमा पदाधिकारी चयन प्रक्रिया तीव्र बन्दै जाँदा रावलले गौतमको उम्मेदवारी औपचारिक रूपमा प्रस्ताव गरेकी हुन्।

रास्वपाभित्र युवा तथा महिला नेतृत्वको सशक्त प्रतिनिधित्व गर्दै आएकी सोबिता गौतम उपसभापति पदकी चर्चित दाबेदार मानिन्छिन्। त्यस्तै प्रतिभा रावल पनि पार्टीको सक्रिय नेतृत्व तहमा रहेर संगठन विस्तार र नीतिगत बहसमा भूमिका निर्वाह गर्दै आएकी छन्।

पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको प्रतिस्पर्धामा सोबिता गौतमको उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ। महिला नेतृत्वलाई अग्रपंक्तिमा स्थापित गर्ने प्रयासस्वरूप उनको उम्मेदवारीलाई महत्त्वपूर्ण मानिएको छ।