काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बारा र पर्सा जिल्लाका युवाहरूसँग भेटघाट गर्दै नेपाल–भारत सीमा क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या र गुनासा सुनेका छन्।
भेटका क्रममा युवाहरूले सीमावर्ती क्षेत्रमा हुने आवतजावत, सुरक्षा, प्रशासनिक समन्वय तथा सीमा व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना धारणा र गुनासा राखेका थिए।
गृहमन्त्री गुरुङले युवाहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटघाटमा सीमा क्षेत्रको सुरक्षा, स्थानीय जनजीवनमा देखिएका समस्या तथा समाधानका उपायबारे समेत छलफल भएको जनाइएको छ।

















प्रतिक्रिया