काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी बचत रकम हिनामिना प्रकरणमा तारिख बुझ्न बिहीबार काठमाडौं जिल्ला अदालत पुगेका छन्।
काठमाडौं जिल्ला अदालतमा विचाराधीन उक्त मुद्दामा लामिछानेविरुद्ध स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना सम्बन्धी अभियोग छ।
अनुसन्धानका क्रममा सहकारीको कुल रकममध्ये ५ करोड ७८ लाख ९६ हजार रुपैयाँ तत्कालीन अवस्थामा लामिछाने संलग्न रहेको गोर्खा मिडिया नेटवर्कमा पुगेको आरोप लगाइएको छ। आरोपअनुसार २ करोड ६६ लाख रुपैयाँ प्रत्यक्ष रूपमा तथा विभिन्न व्यक्तिका नाममा फर्जी खाता प्रयोग गरी २ करोड १३ लाख ९६ हजार रुपैयाँ स्थानान्तरण गरिएको दाबी गरिएको छ।
यसअघि थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।



















प्रतिक्रिया