काठमाडौं । बेलायत यतिबेला अत्यधिक गर्मीको लहर (हिटवेभ), खडेरी र डढेलोको चपेटामा परेको छ। विभिन्न क्षेत्रमा फैलिएको डढेलो नियन्त्रण तथा प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन गरिएको छ।
प्रधानमन्त्री एण्डी बर्नह्यामले आवश्यक परे अन्य क्षेत्रमा समेत थप सैनिक तैनाथ गरिने बताएका छन्। बीबीसीका अनुसार, बढ्दो गर्मी र डढेलोको जोखिमलाई मध्यनजर गर्दै सरकारले थप सुरक्षा तथा उद्धार टोली परिचालन गर्ने तयारी गरेको छ।
डढेलो नियन्त्रणमा गोर्खा सैनिकहरू समेत खटिएपछि बेलायतमा रहेका नेपाली समुदायमा चासो बढेको छ।





















प्रतिक्रिया