काठमाडौं । मुस्ताङ जोमसोममा भन्सार जाँचपास नै नगरी ल्याइएका ८ वटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ।
घरपझोङ गाउँपालिका–४ स्थित पर्यटक चेकपोस्टमा शनिबार गरिएको जाँचका क्रममा कन्टेनरहरू भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले जनाएको छ।
गोप्य सूचनाका आधारमा गरिएको जाँचमा शंकास्पद देखिएपछि ८ वटै कन्टेनर र चालकलाई नियन्त्रणमा लिइएको हो। आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई राजस्व अनुसन्धान कार्यालय, हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ।





















प्रतिक्रिया