काठमाडौं । भक्तपुरको नयाँ ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा आज विभिन्न ब्रान्डका एलपी ग्यास वितरण भइरहेको छ। ग्यास लिन उपभोक्ताहरू लामो लाइनमा बसेका छन् भने वितरणस्थलमा पानी परिरहेको छ।
वर्षाका बीच पनि उपभोक्ताहरू ग्यास लिन पालो कुरिरहेका छन्। नेपाल आयल निगमले ग्यासको सहज आपूर्तिका लागि नयाँ ठिमीबाट विभिन्न ब्रान्डका एलपी ग्यास बिक्री–वितरण गरिरहेको जनाएको छ।
निगमका अनुसार ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास उपलब्ध गराइएको छ।





















प्रतिक्रिया