काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गरेलगत्तै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।
गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको भूमि मिचेको भन्दै दिएको अभिव्यक्तिप्रति विपक्षीले निरन्तर विरोध गर्दै आएका छन्। उक्त अभिव्यक्तिबारे प्रधानमन्त्रीबाट स्पष्टीकरण नआएको र अभिलेखबाट समेत नहटाइएको भन्दै विपक्षीले आपत्ति जनाएका हुन्।




















प्रतिक्रिया