नेपाल एयरलाइन्सका दुई कर्मचारी प्रहरी नियन्त्रणमा


काठमाडौं । नेपाल एयरलाइन्सका दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालाम्पुर  जान लागेका उनीहरूलाई पक्राउ गरिएको हो।

तोकिएको मापदण्डभन्दा बढी विदेशी मुद्रा साथमा बोकेको भेटिएपछि दुवैजनालाई नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका कर्मचारीहरूको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।